काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा कुमार पौडेलको मृत्यु भएको स्पष्टिकरण दिए पछि संसदमा हङ्गामा भएको छ ।

५ असारमा सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृत्यु भएको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो ।

सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले चदम चालेको गृहय मन्त्रीले जवाफ दिएका थिए ।

गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख विपक्षी कांग्रेसले आपत्ति जनाउदैं सांसद अवरुद्ध गरेको छ । राष्ट्रिय जनता पार्टीले पनि काङ्ग्रेसलाई सहयोग गरेको थियो । बैठक अवरुद्ध भए पछि १५ मिनेट स्थगित गरिएको थियो ।