काठमाडाैं  / राज्य व्यवस्था तथा शुसासन समितिले नेपाल प्रहरीका नायव महानिरीक्षक(डीआईजी०लाई प्रदेश प्रहरीको प्रमुख हुने गरि सममति जुटाएको छ ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा राज्य व्यवस्था तथा शुसासन समितिले पनि सहमति गरेको हो । ।

डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने चाहिँ टुंगो नलागेको समितिका सदस्य झपट रावलले जनाएका छन् । प्रदेश प्रहरी आयुक्त (पुसिल कमिसनर), प्रदेश प्रहरी प्रमुख लगायत नाम विषय उठेका थिए ।

सात प्रदेशमा सात डीआईजीसहित ५५ हजार प्रहरी समायोजन भएर जाने बताइएको छ । प्रदेश प्रहरी प्रमुखको सरुवा संघले नै गर्ने विधेयकको व्यवस्थामा सहमति भएको छ । उनीहरुको आफ्नै पोशाक र दज्यानी चिन्ह हुने छन् ।