काठमाडौं/ ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ का लागि प्रदेश १ बाट ५ वटा कृषि फार्महरूको नाम नोमिनेशन गरिएको छ ।

शिखर नेपालको राष्ट्रिय अभियान,कृषकहरूको सम्मान भन्ने नाराका साथ सातैवटा प्रदेशका फार्महरूको नाम नोमिनेशन गरेका हुन् । प्रदेश १ मा धरानको किरातेश्वर कृषि सहकारी संस्थासहित ५ वटा संस्थाको नाम नोमिनेसन गरिएको छ ।

आगामी साउन २६ गते एक कार्यक्रमका बीच नगदसहित अवार्ड वितरण गरिने जनाइएको छ । कृषि तथा पशुपङ्क्षी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपङ्क्षी विभागको सक्रियता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजनामा सो अवार्ड प्रदान गरिन लागेको हो ।

अवार्डका लागि किरातेश्वरसहित झापाको विशाल कृषि फार्म, उदयपुरका तोयबहादुर ठकुरीले सञ्चालनमा ल्याएको फार्म, सुनसरीकै आरएनआर एग्रो मत्स्य फार्म र तेह्रथुमको भट्टराई गाई फार्म रहेका छन् । किरातेश्वर कृषि सहकारी धरान–८ का पून्यबहादुर राईले सञ्चालनमा ल्याएका हुन् ।

कृषि तथा पशुपङ्क्षी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपङ्क्षी विभागको सक्रियतामा मुलुकभरका क्रियाशील कृषकहरूको सङ्कलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्याङ्कन गरी सातै प्रदेशबाट उत्कृष्ट ५/५ जना कृषकहरूको नामावली सार्वजनिक गरेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।

एउटा प्रदेशबाट २२ देखि ४२ जना कृषकहरूको काम क्षमता, फर्म र उनीहरूको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको उनले बताए । मुलुकका सातवटै प्रदेशबाट ५/५ जना प्रतिस्पर्धी कृषकहरूको योग्यता, क्षमता, दक्षता र व्यावसायिक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्याङ्कनका आधारमा नै यो नामावली प्रकाशन गरिएको उनले जनाए ।