धरान / निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेल विचको द्वन्द्वको बजामरा खुव चर्चा भइरहेका वेला उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।
छविकी जेठी श्रीमति हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । उनीहरु प्रहरीको खोजीमा रहेका छन् ।
शिल्पालाई छविले ज्यान मार्ने धम्की दिएको भन्दैं बस्न नसक्ने जनाउदैं शिल्पाले सम्बन्ध विभ्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन । छविकी जेठी श्रीमतिले बहुविवहाको मुद्वा दिए पछि उनीहरुलाई पक्राउ पूर्जी जारी भएको हो ।