विराटनगर / विराटनगरस्थित पोखरीय स्कूलका खेलाडी विद्यार्थीहरूलाई पोशाक सहयोग प्रदान गरिएको छ । पोखरीया स्कूलमा अध्ययरत डोजाका खेलाडी विद्यार्थीहरूलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का सचिवालय सदस्य तथा खेल प्रमुख रोहित कोईरालाले पोशक सहयोग गरेका हुन् ।
खलाडीहरूलाई कराँते गि, टि सर्ट, ग्लोबलगायतका पोशाक वितरण गरेको थियो । उनीहरूलाई युवा संघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेत र खेल प्रमुख कोइरालाले पोशक वितरण गरेका थिए ।
कार्यक्रममा कोईरालाले पोखरीया डोजोले कराँतेमा विराटनगर र प्रदेशको मान राख्न महत्वपूर्ण भुमिका खेलको बताए । नेपाल र भारतका विभिन्न प्रतियोगितामा भाग लिएर यो डोजोका खेलाडिले पदक जित्दा प्रदेश १ का सवै खेलप्रेमी हर्षिद भएको उनको भनाई थियो ।
पोखरीया डोजोका संस्थापक तथा प्रमुख प्रशिक्षक बिनोद राउतले खेलाडीहरूले पाएको सफलताको चर्चा गर्दै यस्ता सहयोगले खेलाडीहरूको मनोबल उच्च हुने बताए । कार्यक्रमा करिव १५ हजार मुल्य बराबरको पोशाक र पोखरीया डोजोका २०७५ का उत्कृष्ट खेलाडी सुवास चौधरीलाई नगद ३ हजार १ सय पुरस्कार प्रदान गरियो ।
२०५२ मा सुरु भएको पोखरीया डोजोले निरन्तर खेलाडी उत्पादन गर्दै आएको छ भने यँहाका खेलाडीले नेपाल र भारतका विभिन्न प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै प्रशस्त मेडल जितेका छन ।