धरान / १३ औं दक्षिण एसियाली खेलकुद(साग) का लागि धरानमा शुक्रबारदेखि बास्केटवल खेलको बन्द प्रशिक्षण शुरु गरिएको छ । आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा हुने प्रतियोगिताका लागि बासकेटवल टिमको बन्द प्रशिक्षण धरानमा शुरु गरिएको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी पहिलो पटक काठमाडौं बाहिर गरिएको प्रशिक्षणमा महिला पुरुष गरेर ३२ जना राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ ।
धरान–१६ स्थित रंगशाला परिसरमा निर्माण गरिएको बहुउद्देश्य कवर्ड हलमा बन्द प्रशिक्षण शुरु गरिएको हो । धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारी र नगर खेलकुद विकास समितिका संयोजक सुवास राईले शुक्रबार प्रमुख प्रशिक्षक दिनेश नकर्मीलाई वल हस्तान्तरण गरेर प्रशिक्षणको उद्घाटन गरिएको छ ।
चार हप्ता हुने बन्द प्रशिक्षणमा ५–१–५ र ३–१–३ गरि दुई विधामा प्रशिक्षण गरिने प्रमुख प्रशिक्षण दिनेश नकर्मीले जानकारी दिए । बन्द प्रशिक्षणबाट ३–१–३ का लागि ६ जना र ५–१–५ का लागि १६ खेलाडीहरु साग खेलका लागि छनौट गरिने प्रशिक्षक नकर्मीले जानकारीबताए । प्रदेश १ का प्रशक्षिक विकास राईसहित ६ जना प्रशिक्षकहरुले राष्ट्रिय टिमलाई प्रशिक्ष्ण दिने छन् । खेलाडी तथा प्रशिक्षकहरुको आवास तथा आवश्यक बन्तोबस्तीका लागि नगरखेलकुद विकास समितिले संयोजन गरेको छ ।
शुक्रबार नै खेलकुद विकास समितिले राष्ट्रिय टिमका खेलाडीहरुलाई स्वागत गदैं प्रशिक्षणमा आवश्यक सामाग्रीसमेत वितरण गरेको छ ।