नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा गायिकाहरुले तीज विशेष गीतहरु बजारमा ल्याउने क्रम बढेको छ । यसै क्रममा उषा केसी पोखरेलले हालसालै माइती नामक बाबाजीले दिनुभयो खान्दानी घर भनेर बोलको गीत बजारमा ल्याएकी छन् ।
गायिका पोखरेलको स्वर रहेको गीतमा मोडल सुश्मा अधिकारीले अभिनय गरेकी छन् । लय तथा शव्द गायिका पोखरेलको रहेको गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । चितवन माइती घर भएकी गायिका पोखरेलको घर नवलपरासी हो । सानै उमेरदेखि गीतसंगीतमा रुची राख्ने पोखरेल हाल वैदेशिक रोजगारीमा छन् । उनले यो गीत पहिलो प्रयास भएको बताउँदै समयले साथ दिए अर्को तीजमा नयाँ गीत लिएर आउने सामाजिक सञ्जाल मार्फत जानकारी दिइन् । उनले त्रिशुलीको तिरै तिर, माया आउँदै छु जस्ता गीतहरु चाँडै लिएर आउने बताइन् । उनले नेपाली मौलिकता झल्काउने खालको गीत बजारमा ल्याएकी छिन् ।