ब्लाष्टखबर । भारतीय मालबाहक ट्रककाे ठक्करबाट इनरूवा ४ स्थित पूर्व पश्चिम राजमार्गमा माेटसाइकल चालककाे घटना स्थलमै मृत्यु भएकाे छ ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेकाे UP41C8234 नम्बरकाे मालबाहक ट्रकले बिपरीत दिशाबाट आउदै गरेकाे को १९ प १७३ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिदा माेटरसायकल चालक इनरूवा १ का राम शर्माको घट्नास्थलमै मृत्यु भएको छ भने माेटरसाइकलकाे पछाडी बसेका इनरुवा ९ बस्ने बर्ष ४० को मदन मेहता गम्भिर घाईते भएको १ नम्बर ट्राफीक कार्यालय इटहरीले जनाएको छ ।
ट्रकसहित चालक भारत उतर प्रदेशका बर्ष २४ को तोसेल मियालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
घाईते मेहताको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।