भद्रपुर/ अज्ञात समूहले विर्तामोड नगरपालिकाका ३ वटा वडा कार्यालयमा बम विस्फोट गराइ क्षति पुर्याएका छन् ।

सोमबार विहान साढे ४ बजे विर्तामोड ९ स्थित ७,८ र ९ नम्बर वडा कार्यालयमा विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीन वटा वडा एउटै भवनमा रहेका थिए । विस्फोटबाट कार्यालयको ६ ओटा झ्याल, कोठा भित्र रहेको फर्निचर,वालमा क्षति पुगेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

ठुलो आवाज आएपछि प्रहरी चौकी गरामनीबाट गएको प्रहरी टोलीले विस्फोटबाट भएको क्षति देखेको थियो भने विस्फोटक पदार्थ फेला नपरेको उनले जनाए । घटनापछि जिल्लाका एसपी दिनेशराज मैनाली,डिएसपी श्रेष्ठ लगायतको प्रहरी टोली घटना स्थल गएको छ । अन्य बृस्तृत विवरण आउन बाँकी छ ।

bom1 bom2