मधुमल्ला । प्याप्सन समिति मिक्लाजुङको आयोजनमा मोरङको मिक्लाजुङमा शुक्रबार प्राथमिक तह स्तरीय हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
मिक्लाजुङ–७ मा रहेको रिलायन्स अंग्रेजी मा.वि.को सभाहलमा समपन्न कार्यक्रममा वक्तृत्वकलामा मदर मधुमल्लाकी प्रकृती लाखे प्रथम, सरस्वती अंग्रेजी मा.वि. की सविना लिम्बु द्वितीय, एस्टर मगर नोवेल्टी तृतीय र क्लासिकल र सरस्वतीका गरिमा राय र दिपेश खड्काले सान्तवना स्थान हाँसिल गरे ।
त्यस्तै हाजिरी जवाफ तर्फ भानु मेमोरीयल मा.वि. प्रथम, रिलायन्स अंग्रेजी मा.वि. द्वितिय , तोरीबारी विद्यामन्दिर तृतिय र सरस्वती तथा क्लासीकल मा.वि.ले सान्तवना स्थान हाँसिल गरे । कार्यक्रममा मिक्लाजुङमा रहेका १३ वटा मध्ये १२ वडा संस्थागत विद्यालयहरुको सहभागिता रहेको कार्यक्रम संयोजक महावीर राईले बताए ।
विद्यार्थीहरुको सर्वाङ्गीण विकास साथै रचनात्मकतामा वृद्धी गराउने उदेश्य साथै व्याब्सन समिति मिक्लाजुङको बार्षिक कार्यक्रम अन्तर्गत वक्तृत्व तथा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको व्याप्सन समिति मिक्लाजुङका अध्यक्ष विकाश गुरुङले बताए ।
कार्यक्रममा प्रमुखअतिथी मिक्लाजुङ गाउँपालिका शिक्षा अधिकृत काँशीनाथ खनालले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुको स्वयम व्याक्तित्व विकासमा सहयोग पुर्याउने भएकाले यस्ता कार्यक्रहरुलाई निरन्तर संचालन गर्नु पर्ने बताए । कार्यक्रममा मोरङ प्याब्सन उपाध्यक्ष सुवास राई ,उर्लाबरी नगर प्याब्सनका सुरेन्द्र सुवेदीको उपस्थिती रहेको थियो ।
क्रार्यक्रम मिक्लाजुङ प्याब्सन समिति मिक्लाजुङका अध्यक्ष विकास गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।