जिरोपोइन्ट / धरानमा रहेको इडन एकेडेमी कन्सल्टेल्सीले आयोजना गरेको ‘इडन एजुु फेयर’ बाट ४ सय जना विद्यार्थीहरू लाभान्वित भएका छन् ।
धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा आइतबार भएको फेयरमा विद्यार्थीहरूले अष्ट्रेलिया, अमेरिका, क्यानडा, माल्टा र भारतको युनिर्भसिटीका प्रतिनिधिहरुबाट प्रत्यक्ष परार्मश लिएका थिए । भने नबिल बैंकले त्यहाँ जादा लाग्ने पैसा, प्रकृयाबारे परार्मश दिएको थियो ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई विदेशमा अध्ययन गर्दा लाग्ने सम्पुर्ण खर्च, तयारी गर्ने समय, अध्ययन गर्न जादा ध्यान दिनुपर्ने कुरा, अध्ययनपछि पाउने अवसरहरु, कसरी आफ्नो योग्यतालाई प्रयोग गर्ने जस्ता जानकारी दिइएको इडनका प्रबन्ध निर्देशक मोहन तिगेलाले जानकारी दिए ।
उक्त समायमा सहभागी भएकामध्येहरूमा लक्की ड्र गराई एकजनालाई लेनोभो ब्राण्डको एउटा ल्यापटप समेत प्रदान गरिएको थियो । उक्त ल्यापटप माया लिम्बुले प्राप्त गरेकी थिइन् । इडन एकेडेमीले वैदेशिक अध्ययनका लागी जान चाहने विद्यार्थीहरुको लागि आवश्यक सम्पुर्ण शैक्षिक परामर्श तथा तयारीलगायतका सेवा दिदै आएको छ ।