धरान / युराशिया रेयुकाई समाज बिकाश केन्द्र धरानले आज तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा धरान उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीकाे उपस्थिति रहेको थियो । तीज बिशेष भेलामा धरान–१५ की जेष्ठ नागरिक मनमाया कार्कीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । भेलामा साङ्गितिक प्रस्तुति र नृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा पुजा गौतम प्रथम भएकीप थिइन । हेम्रता प्रधान दोस्रो , सृजना सुवेदी तेस्रो , पृयङ्का गहरा चौथो र रिना कार्की पाचौं भइकी थिइन ।
प्रतियोगितामा प्रथमदेखि पाँचौ स्थान हासिल गर्नेहरुलाई पुरस्कार समेत दिइएको थियो । यस्तै जेष्ठ नागरिकमा सरस्वती ढकाललाई पनि बिजेता घोषणा गरिएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक रोशन बान्तावा , सरोजा राई र सुशीला ढकाल निर्णायक रहेको कार्यक्रमको संयोजक दुर्गा काफ्ले रहेकी थिइन । कार्यक्रममा इटहरी , बिराटनगर , धनकुटा , पानमारा र धरानका विभिन्न स्थानबाट सहभागीहरु आएका थिए ।