Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /स्वास्थ्य
स्वास्थ्य

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

ब ब्लाष्ट खबर भदौ २०, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ ।

मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपचारात्मक महाशाखाका प्रमुख चिकित्सक तारा पोखरेलले मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था कोसिस र स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवाभित्र के के सेवा राख्ने भन्ने नयाँ नीति कार्यान्वयनको चरणमा रहेको र यसमा मानसिक स्वास्थ्यसमेत रहेको बताए ।

विश्वस्वास्थ्य सङ्गठनले मस्तिष्कका एकभन्दा बढी क्रियाकलाप भावना, आभाष, स्मृति, विचार, बोली र चेतनामा गडबडी उत्पन्न भएर स्थितिलाई मानसिक रोगका रुपमा परिभाषित गरेको छ । सङ्गठनले नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएको समेत जनाएको छ । अर्काेतर्फ मन्त्रालयले मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न मानसिक स्वास्थ्य नीतिसमेत जारी गरेको छ ।

मन्त्रालयले मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न सातवटै प्रदेशका ४३ जिल्लामा मानसिक स्वास्थ्यका कार्यक्रमसमेत सञ्चालन गरेको महाशाखा प्रमुख पोखरेलले जानकारी दिँदै विद्यालयका छात्र/छात्रामा जनचेतनाका कार्यक्रमसमेत रहेको बताए ।

मन्त्रालयका सहसचिव चिकित्सक दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवातर्फको कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै समायोजन पूरा भएपछि नयाँ कर्मचारी दरबन्दीको सर्वेक्षण कार्य शुरु हुनेछ भने । उनका अनुसार मन्त्रालयले स्वास्थ्य सेवामा सङ्घीयता कार्यान्वयनपछि सरकारी स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अध्ययन कार्य शुरु गरेको छ । हालसम्म ११३ अस्पतालमध्ये ८३ वटाको अध्ययन कार्य पूरा भएको छ ।

अध्ययनमा अस्पतालका सुशासन, उपचार सेवा, औषधि, उपकरण र जनशक्ति लगायतका क्षेत्र समावेश गरिएको जनाइएको छ । अर्काेतर्फ मन्त्रालयले मानसिक स्वास्थ्यका विशेषज्ञ उत्पादन गर्न स्नाकोत्तर तहको अध्ययन सिट सङ्ख्या सात पुर्याएको छ ।

कार्यक्रममा कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्यको विषयलाई विद्यालयका पाठ्यक्रममा समावेश गर्न, भएका सेवालाई गुणस्तरीय बनाउन र यसका बारेमा जनचेतनाका कार्यक्रम ल्याउन आग्रह गरे । सो संस्थाले मानसिक रोगका बारेमा जनचेतना, उद्धार तथा उपचार सेवामा समेत सहयोग गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
कार्तिक १, २०८३
प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
असोज ३०, २०८३
महिनादिनमा ५२९२ किलो गाँजा बरामद
असोज ३०, २०८३
छापा संस्करण [ePaper]
  1. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  2. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  3. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  4. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  5. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  6. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  7. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  8. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  9. आजको राशिफलः २०८३ साल असोज ३० गते शुक्रबार
    असोज ३०, २०८३
  10. धरानमा जुवाजन्य खेल खेल्न नपाइने
    असोज २९, २०८३
  11. कोशीका पाँच जिल्लाका १८ विद्यालय छनोट
    असोज २९, २०८३
  12. पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन
    असोज २९, २०८३
  13. उदयपुरमा बस दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
    असोज २९, २०८३
  14. ट्रकको ठक्करबाट धरानको भोटपुलमा एक युवाको घटनास्थलमै मृत्यु
    असोज २९, २०८३
  15. अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि
    असोज २९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड