धरान / सुनसरी क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य जयकुमार राईले धरानबाट शुरु भएको डेंगु प्रकोप नियन्त्रणका लागि देश व्यापी रुपमा सर्च एण्ड डिस्ट्रोय(खोज र नष्ट गर) अभियान संचालन गर्न तीनै तहका सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
उनले सोमबार अपिल जारी गरि विभिन्न स्वास्थ्य निकाय, विज्ञ डाक्टरहरुले दिएको सुझावलाई आधार मान्दा र विश्व स्वास्थ्य महासघंले समेत यसको रोकथाम को प्रभावकारी उपाय सर्च एण्ड डिस्ट्रोय अभियान लाई प्रभावकारी विधि मान्दैआएकोले उक्त विधी प्रयोग गरि देशभरी फैलदो क्रममा रहेको डेगुं प्रकोप नियन्त्रण गर्नु पर्ने बताएका छन् । ‘फगिङबाट धुँवाका कारण मानिसको स्थास्थ्यमा गम्भिर असर पार्ने र यस धुँवाबाट क्यान्सर रोग समेत लाग्न सक्ने विज्ञहरुको भनाई रहेको हुँदा सर्च एण्ड डिस्ट्रोय अभियानलाई प्रभावकारी रुपमा निरन्तरता दिन लागि सम्बन्धित निकाय, संघ संस्था र आम नगरबासी मा हार्दिक अपिल गर्दछु ।’–अपिलमा भनिएको छ ।
उनले गत बैशाख ३१ ग्तेदेखि धरानमा शुरुवाती फैलदो क्रममा रहेको बेला नेपाल सरकारको विभिन्न स्वास्थ्य निकाय तथा रोग नियन्त्रण महाशाखा ईपिडिमियोलोजी, टेकुमा बारम्बार ताकेता गरी यहाँ बाट बिरामीको उपचारमा कुनै पनि समस्या नरहोस् भन्नका लागि तत्कालै रोग पहिचान उपकरण किट विपि प्रतिष्ठानमा उपलब्ध गराउन पहलकदमी समेत गरेको बताएका छन् । उनकै पहलमा स्वास्थ्य राज्यमन्त्री स्वयम् उपस्थित भई महामारी प्रभावित क्षेत्रको अनुगमन गरी रोग नियन्त्रणका लागि संम्बन्धित क्षेत्रलाई निर्देशनसमेत भएको बताएका छन् ।