उर्लाबारी । श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीले स्थापना दिवसका अवसरमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा २२ महिला सहित ६५ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक सुरेश आचार्यले बताएका छन । २०५३ सालमा स्थापना भएको सो सहकारीले स्थापना दिवसका अवसरमा बर्षेनी रक्तदान कार्यक्रम गर्दै आएको छ ।