सिरहा / रौतहट जिल्लाको सदरमुकाम नजिकै खाल्डो खुल्डीको पानीमा डुबेर ३ जनाको मृत्यु भएको दुर्घटना सेलाएको छैन । बकैया नदीको डुंगाको यात्रा झनै डरलाग्दो छ । गौर नगरपालिका वडा नं. ४ स्थित टिकुलिया घाटमा चलिरहेको डुंगामा सवारी यात्रुको संख्या र वारपार गरिने बाइक र अन्य वस्तुको तौल ३० क्विन्टल भन्दा कम थिएन् ।

dhunga1
एउटा ढुंगामा १५ जनासम्म सवार हुन सक्ने क्षमता हो । तर त्यहाँ चौगुना यात्रुहरु आफ्नो गन्तव्यमा जान तछाड मछाड गरिरहेको पाइन्छ । गौर नगरपालिका र इशनाथ नगरपालिकाले ढुंगा सवारका लागि पनि लाइफ ज्याकेट वितरण त ग¥यो तर त्यो व्यक्तिले घर लगे पछि यात्रा गर्ने बेलामा नपाइएको ढुंगा चालक पप्पु कुमार बताउछन् ।
उक्त घाटमा यस अघि दुई पटक डुंगा दुर्घटनाबाट १३ जनाको मृत्यु भएको पप्पुकुमार बताउछन् । लामोसयमदेखि यात्रुहरु नदि वारपार गर्न डुङगाको साहरा लनु परेको छ । त्यसको विकल्पमा पुल बनाउन सरकारले कुनै योजना ल्याएको छैन् ।

dhunga 1