इटहरी / बिहीबार बसेको नेकपा इटहरी उपमहानगरको बैठकमा असन्तुष्ट पक्षले नाराबाजी गरेका छन । विवाद भईरहेकै बेला गोप्य रुपमा बैठक बसेको भन्दै असन्तुष्ट पक्षले बैठक बिथोलेका हुन ।
नगर कमिटिमा २० दिन देखिलागेको ताला खोल्ने बिषयम ाध्यान नदिएको तर गोप्य रुपमा यसरी बैठक बसेको भन्दै असन्तुष्ट पक्षले बैठक बसेको स्थानमा नाराबाजी गर्दै बिथोलेका हुन । असन्तुष्ट पक्षले सबैलाई समान रुपमा ब्यवहार गर्न नसकेको आरोप लागेको छ ।
गोप्य रुपमा बसेको नगर कमिटिको बैठकमा ७० जनाभन्दा बढिको असन्तुष्ट पक्ष प्रबेश गरी नारावाजी गरेको बताइएको छ । बैठक चल्न नदिन उनीहरुले बैठक कक्षमै नाराबाजी गरेका थिए । बैठकमा जिल्ला ईन्चार्ज धर्मराज निरौलाको उपस्थीती रहेको थियो ।
उनीहरुले इटहरी उपमहानगरको नयाँ कमिटिसंग भंग गर्नसमेत माग गरे । चर्को नाराबाजी भए पछी बैठक स्थगीत भएको थियो ।