पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे क्षेत्रमा दैवी प्रकोप व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थान समितिको अध्यक्षमा ज्ञानेन्दप्रसाद ढुंगाना चयन भएका छन् ।

पथरीशनिश्चरे १० जिरिखिम्तीस्थित संस्थाको कार्यालयमा सम्पन्न साधारणसभाले अध्यक्षमा ढुंगाना सहित सर्वसहमत रुपमा नयाँ समिति चयन गरेको हो । उपाध्यक्षमा भूवन थापा, सचिवमा उमेश कोइराला, सह–सचिवमा लक्ष्मी गुरागाई र कोषाध्यक्षमा हरि निरौला चयन भएका छन् । सदस्यहरुमा दिपक काफ्ले, याम मगर, रिन्टु श्रेष्ठ र राधा सापकोटा चयन भएको संस्थाले जनाएको छ । नगरकै पुरानो मानिने सो संस्था पहिले कञ्चनजंघा युवा क्लबका रुपमा सक्रिय थियो ।