इनरुवा / आसिफ सेखको विष्फोटक ब्याटिङसँगै एपिएफले इनरुवामा जारी रात्रिकालिन टि ट्वान्टी क्रिकेट प्रतियोगिमा बिजयी सुरुवात गरेको छ ।
इनरुवा खेल मैदानमा गयराती सम्पन्न खेलमा एपिएफले सप्तरीलाई १ सय ३९ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।
टस हारेर पलिलो ब्याटिङ गरेको एफिएफले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो ।
एपिएफका लागि आसिफ सेखले ९५ रनको विष्फोटक पारी खेले । शतक बनाउनबाट ५ रनले चुकेका सेखले आफ्नो पारीमा ७ चौका र ६ छक्का हिर्काएका थिए । उनी रोहित सिङको बलमा क्याच आउट हुन पुगे । प्रतियोगिताको म्यान अफ दी म्याचसमेत सेख नै घोषित भए ।
एपिएफका लागि सरद भेषावकरले ७४ रन बनाए । सरद र आसिफको जोडीले पहिलो विकेटका लागि १ सय ५१ रनको साझेदारी गरेका थिए । बलिङ तर्फ सप्तरीका विकास दासले २ तथा रोहित सिंहले १ विकेट लिन सफल भए ।
मेहबुब आलमको कप्तानीमा रहेको सप्तरीले ६१ रन मात्र जोड्न सफल भयो । २ सय १ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको सप्तरी एपिएफका बलर सामू निरिह देखिए । पहिलो ओभरको पहिलो बलमै सप्तरीले ओपनर रोहनको विकेट गुमाएको थियो । उसका लागि विकास दासले १२ र मेहबुब आलमले १० रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
सप्तरीलाई सस्तैमा समेट्न एपिएफका अमर सिंह रौतेलाले ३ , विकास आग्रीले २ तथा पृथु बास्कोटा र शरद भेषावकरले १ /१ विकेट लिएका थिए । आज राती जनकपुर र वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान धरान विच हुने आयोजकले जनाएको छ ।