धरान   सन् २०१० बाट शुरु भएको पूर्वको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता नेपाल आइस मिस पूर्वाञ्चलको दसौँ संस्करणको अनलाइन आवेदन खुलेको छ ।
हरेक बर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पूर्वी नेपालका युवतीहरुलाई प्रतियोगितामा सहभागी गराई उनीहरुको क्षमता विकासमा सहयोग गदैं आएको प्रतियोगिता १० बर्षदेखि निरनतर धरानमा सम्पन्न हुदैं आएको छ ।
आयोजक सिल्भर इन्टरटेन्टमेन्टका अनुसार आवेदन अनलाइनसंगै एसएमएसबाट समेत आवेदनदिन सकिने व्यवस्था भएको जनाएको छ ।
मिस पूर्वाञ्चलको अफिसियल फेसबुक पेज www.faceook.com/misspurwanchal  मा रहेको अनलाइन फर्म https://form.jotform.me/82961537794472 भरेर अथवा मोबाइलको म्यासेज बक्स मागई MP <sapce> सहभागीको नाम, उचाइ, उमेर र ठेगाना टाइप गरि ३५००५ मा एसएमएस पठाउनु पर्ने छ । अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा तिहार पछि दसौँ संस्करणको मिस पूर्वान्चलको अडिसन सुरु हुने आयोजक संस्थाका इभेन्ट मेजेर शौरव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पूर्व भरिको कुनै पनि सौन्दर्यप्रतियोगिताको बिजेता तथा उपबिजेताहरुलाई बिना अडिसन सहभागी गराईने छ भने तिहार लगतै अडिसन मिति र कार्यक्रमको फिनाले मिति समेत सार्वजनिक गरिने छ ।
अडिसनपछि छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्पवर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याट वर्कलगायतकाअन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।
गतबर्ष पौष १४ गते सम्पन्न नेपालआइस मिस पूर्वाञ्चल नवौँ संस्करणमा विजेता पूजाश्रेष्ठलाई मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहा( फेसिनोको स्कुटर र हंगकंग भ्रमणको अवसर प्रदान गरिएको थियो । त्यस्तै फस्ट र सेकेन्ड रनर अफलाई क्रमशःनगद एक लाख र पचास हजार प्रदान गरिएको थियो ।
यस अघि २०१० मा सविना सुब्बा (बिर्तामोड), २०११ मा प्रतिभा श्रेष्ठ (धरान ), २०१२ मा अस्मिता गुरुङ(धरान ), २०१३ मा नेहा बजाज(धरान ), ,२०१४ मा नेमिताआङबुहाङ(उर्लाबारी ), २०१५ म ाप्रियङका श्रेष्ठ (बिराटनगर ),२०१६ मा कृतिका गिरी (बिर्तामोड) , २०१७मा रुबी लिम्बु (धरान) र २०१८ मा पूजा श्रेष्ठ(भद्रपुर ) ले उपाधी हात पारेका थिए ।