मधुमल्ला । मोरङको उर्लाबारीमा रहेको नमुना बाल गृहका अनाथ बालबालीकाहरुलाइ माता सविता सरु शर्मा आचार्यले लत्ताकपडा वितरण गरेकी छिन् ।
बुधबार उर्लाबारी नगरपालीकामा रहेको नमूना बाल गृहका ४७ जना बालबालिकालाई माता सविताले लत्ताकपडा वितरण गरेकी हुन् । लत्ताकपडा खरिदका लागि समाजसेबी हेम थापाले पनि नगद १० हजार रुपैयाँ सहयोग गरेको माता सविताले जानकारी बताइन ।

नमूना बाल गृहका बालबालिकाहरुको अवस्था देखेर धेरै माया लागेको र सानो सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताइन् । आगामी दिनमा पनि बाल गृहको विकासका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् । 

आफु अलौकिक माता भएको र आफमा अलौकीक शत्ती रहेको बताउँदै माता सविताले आफूले गरेको भबिष्बाणी सतप्रतिशत मिल्ने दाबीसमेत गरिन् । पछिल्लो समय बाबा जि, अघोरीहरुले बिवाह गरेको प्रशंगलाई जोडदै माता सविताले आफु विहे नगर्ने मनसाय रहेको बताइन् । यसअघि पनि बाल गृहमा सबिताले बालबालीकाहरुलाई खाना खुवाएकी थिइन् । त्यस्तै, माता सविताले इटहरी, काठमाडौंलगायत क्षेत्रका बाल गृह, बृद्धा आश्रम, अपाङ्गता भएका समूहका ब्यक्तिलगायतलाई सहयोग गरिसकेको बताइन ।