पाँचथर / पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो निर्णय गरेका हुन । । अध्यक्ष कुरुम्बाङले मातृभाषाका शिक्षक उत्पादन गरी मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरिएको बताए ।
यसैगरी उनले दुई वर्षभित्रमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, छ महिनाभित्र फाल्गुनन्द आवधिक योजना निर्माण, गरीबी निवारण कार्यक्रम सञ्चालन तथा समावेशीकरण, लैङ्गिक समानता, सुशासन, सूचना प्रविधिको उपयोगमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने लगायत निर्णय गरिएको जानकारी दिए । सो अवसरमा अध्यक्ष कुरुम्बाङले जनतालाई सुखी बनाउने र फाल्गुनन्द गाउँपालिकालाई समृद्ध बनाउने कार्यमा सहकार्य तथा सहयोग गर्न सबै पक्षलाई आग्रह गरे ।