आगामी सातादेखि अनुमति–पत्र छापिने

alt
  • मंसिर २१, २०७६
  • ३५९ पटक पढिएको
  • रासस

काठमाडौं । ‘स्मार्ट’ चालक अनुमति–पत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमति–पत्र छापिने भएको छ । ‘मास प्रिण्टर’ मार्फत् दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।
केही दिनदेखि ‘मास प्रिण्टर’ मार्फत् छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार अहिले विभागका सातजना कर्मचारीले उपकरण सञ्चालनको तालिमसमेत लिइरहेका छन् । उनीहरूले तालिम सकिएसँगै उपकरण पूर्णरूपमा चलाउन लागेका हुन् । उनले भने, ‘एक साताभित्रमा तालिम सकाएर मास प्रिण्टर पूर्णरूपमा छपाइमा जानेछ ।’
मास प्रिण्टरले दैनिक साढे सात हजारसम्म चालक अनुमति–पत्र छाप्ने बताइएको छ । ‘मास प्रिण्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिण्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुरानो उपकरण कुनैमा समस्या आए पनि विभागले मर्मत गरेर सञ्चालन गरिरहेको छ ।
अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक दुई हजार ५ सय कार्ड छापिरहेको छ । तीन कार्य समयमा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमति–पत्र छाप्न बाँकी छ ।

दुई महिनाभित्र व्याव ...

  काठमाडाैं / नेपालमा भैँसीपालनको दीर्घकाली ...

अन्तर्राष्ट्रिय नेटर ...

विराटनगर/ अन्तर्राष्ट्रिय नेटर्वक बनाएर अनलाइन सपिङको न ...

फेसन शोबाट विश्व कीर ...

सोलुखुम्बुको कालापत्थरमा आयोजना गरिएको ‘माउण्ट एभ ...

विजयी धरान काङ्ग्रेस ...

२०१७ साल पौष गतेको घटना घट्नु ठिक एक महिना १४ दिन अघि अ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved