बिर्तामोड । झापाको विर्तामोडमा शनिबार बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड–चारआली सडक खण्डको रेखा पुल छेउमा ना ६ ख ६१८१ नम्बरको यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । झापाको दमकबाट बनभोजका लागि इलामको कन्यामतर्फ गइरहेको बस दुर्घटनमा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरुको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेहरुमा बसका सहचालक मोरङ पथरी–१ का विकास लिम्बू, दमक–१० का सन्तोष खड्का, सोही ठाउँका पवन खड्का, उर्लावारी–३ का स्मृति धिमाल, दमक १० का अभय धिमाल, उर्लावारी ७ का माया घिमाल, दमक–१० का विविशा धिमाल, सोही ठाउँ निवासी विनिता हमाल, रोशन धिमाल, नेत्र नेपाली, आयुष नेपाली, प्रदीप रिजाल र नैनकला खड्का रहेका छन् ।