धरान । मिस पूर्वाञ्चलका प्रतिस्पर्धीहरुले सोमबार सडक सुरक्षा र चुनौतीबारे जानकारी लिएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनक केन्द्रिय अध्यक्ष भीम राई ज्वालाले सडक सुरक्षा र चुनौतीसबारे प्रस्टाएका छन् । उनीहरुलाई नेपालको सडकको अवस्था, सवारीको चाप र आउने समस्याबारे जानकारी गराएका थिए ।
आगामी पौष ५ गते सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमको लागि अहिले दैनिक बिभिन्न बिज्ञहरुबाट क्लास तथा प्रशिक्षण भैरहेको छ ।

यसै गरि धरान वडा न . ६ को पानवारीस्थित आसरा सुधार केन्द्रमा मिस पूर्वाञ्चल २०१९को प्रतिस्प्रधिहरुले सोमबार अवलोकन समे गराइएको थियो ।
दुव्र्यशनमा फसेका युवाहरुलाई सुधार्न स्थानीयहरुको सहयोगमा भर्खरै स्थापना गरिएको आशरा सुधार केन्द्रमा उपचारको लागि आएका पुर्व दुव्र्यशनीहरुसंग समेत प्रतिस्प्रधिहरुले साक्षाक्तार गरेका थिए ।
मिस पूर्वाञ्चलका प्रतिस्प्रधिहरुलाई आसरा सुधार केन्द्रका काउन्सिलर तथा सैकोलोजिस्ट टिकाराम सिग्देलले लागु पर्दार्थको दुरुपयोग सम्बन्धि अभिमुखीकारण प्रस्तुत गरेका थिए । प्रतिस्प्रधीहरुले समेत आफ्नो घर छिमेकका र आफै बिच घटेका विभिन्न यस संग सम्बन्धित कुराहरु गर्दै विभिन्न जिज्ञाशा राखेका थिए ।