बिर्तामोड /  साना शहरी खानेपानी तथा सरसफाई संस्था बिर्तामोडमा ब्यापक भ्रष्टाचार भएको आरोप लागेको छ । प्रगतिशील प्यानलको अध्यक्षका उम्मेद्वार ज्ञानु प्रसाईले संस्थामा भ्रष्टाचार र बेथिति बढेको आरोप लगाएका छन् ।
‘२०६८ सालदेखि खानेपानी संस्था बिर्तामोडमा कार्यालय प्रमुख छैनन, प्रसाईले भने–‘कार्यालय प्रमुखको तलव, भत्ता समितिले नै भुक्तानी लिईरहेको छ ।’ उनले कार्यालय प्रमुख नियुक्त गर्ने बिषयमा समितिमा निर्णय भएर पनि कार्यान्वयन नगरिनुले भ्रष्टाचार भएको पुष्टि हुने बताए ।
‘खानेपानीमा २५ बर्षदेखि नेपाली काङग्रेसको नेतृत्व छ, हालसम्म आइपुग्दा बिर्तामोडको चोकमै घर हुनेले पनि खानेपानीको धारा पाएका छैनन्, प्रसाईले भने–‘बिर्तामोडको चोकमै धारा बिस्तार गर्न किन सकिएन ? त्यसको समिक्षा हुनुपर्छ ।’ पानी महसुल महङगो भएको र जडान खर्चको कारणले धेरै उपभोक्ताले मिटर राख्न नसकेको आरोप उनको थियो । ‘११ सय पर्ने मिटरलाई १३ हजार बनाएर खानेपानीलाई सर्बसाधारणको पहुँचभन्दा महङगो बनाइएको छ, प्रसाइले भने–‘महिनामा १० लाख रुपैया बिजुली र १० लाख इन्धनमा खर्च गरेको पाइयो, बैकल्पिक उर्जाको प्रयोग गरेर महसुल घटाउन सकिन्छ त्यसको लागि मेरो टीमले चुनाव जित्नु पर्छ ।’
खानेपानी ब्यबस्थापन अस्तब्यस्त रहेको भन्दै प्रसाईले आधुनिक प्रविधि भित्र्याउने बताए । ‘तीनबर्षदेखि बिल नतिर्ने पनि मतदाता छन्, मिटर जोडेका ले भोट हाल्न पाउदैन, यस्तो पनि कुनै कार्यालय हुन्छ ? प्रसाईले भने । कार्यालय ब्यवस्थापनदेखि सिष्टमसम्म परिवर्तन गर्ने प्ररतिबद्धताका साथ उम्मेद्वारी दिएका कारण उपभोक्ताले बिजयी बनाउने उनले बताए ।
बिर्तामोड खानेपानीले तीनै तहका सरकारसँग कुनैपनि समन्वय नगरेको आरोप प्रसाईले लगाए । खानेपानी तथा सरसफाई कार्यालय भएपनि सरसफाइका क्षेत्रमा कुनै काम नभएको उनको भनाई छ । ‘मान्छेलाई काम गर्न इच्छाशक्ति चाहिन्छ, बर्तमान नेतृत्वले खानेपानीलाई सहज बनाउँछ भनेर तीनबर्ष अघि मैले अध्यक्षको उम्मेद्वारी फिर्ता लिएको थिएँ, प्रसाई भने–‘तर, अहिलेको नेतृत्वले कुनै प्रभाबकारी कार्यक्रम ल्याउन नसकेपछि म आफै मैदानमा आएको हो ।’