विराटनगर । प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरस्थित सहिद रङ्गशालमा शुक्रबारदेखि फुटबल टुर्नामेन्ट सुरु भएको हो ।
पहिलो दिन चार वटा स्कूल विजयी भएको छ । विराटनगरस्थित सेन्टजोसेफ, गोदावरी, डान र जनक मेमोरियल स्कूल विजयी भएको हो । प्रतियोगिताको पहिलो खेलमा सेन्टजोसेफ स्कूलले सप्तकोशी स्कूललाई टाइब्रेकरमा ३–२ गोले पराजित गरि सेन्टजोसेफ दोस्रो चरणमा प्रवेश गरेको हो ।
सोही दिन भएको दोस्रो खेलमा पनि गोदावरी स्कूलले टाइब्रेकरमा जेम्स इन्टरनेशनल स्कूललाई ४–३ गोल अन्तरले पराजित गरि गोदवारी विजयी भएको छ । दुवै खेलमा निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि टाइब्रेकरबाट जितको छिनोफानो भएको थियो ।
त्यस्तै तेस्रो खेलमा डान स्कूल विजयी भएको छ । डान स्कूलले ए–वान क्वालिटी स्कूललाई ३–० गोल अन्तरले पराजित गरि डान स्कूल दोस्रो चरणमा प्रवेश गरेको हो । यसैगरि प्रतियोगिताको चौथो खेलमा मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटको जनक मेमोरियल स्कूल विजयी भएको छ । जनकले सनसाइन बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरि जनक दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको शनिबारको खेल दुई वटा खेल मैदानमा १६ वटा टिमको हुनेछ । धेरै टिम भएकोले सहिद मैदान र दिल्ली पब्लिक स्कूलको खेल मैदानमा प्रतियोगिता हुने प्याब्सनको सचिब अर्जुन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरेका थिए । पुस १ गतेसम्म हुने फूटबल टुर्नामेन्टमा ४० वटा टिमको सहभागिरहेको सचिब श्रेष्ठले बताए । फुटबल खेल क्षेत्रको विकास गराउनुको साथै दक्ष खेलाडी उत्पादन गराउने उद्देश्यले प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट आयोजना गरिएको प्याब्सन नगर अध्यक्ष इन्द्र राईले बताए । प्र
तियोगिताको बिजेताले सुन, चाँदी र पित्तलबाट बनेको आकर्षक कप प्रदान गरिनेछ । विजेता टिमलाई प्रदान गरिने कप रनिङ रहनेछ ।