धरान  / आज धरानको भानुचौक ठूलो दुर्घटनाबाट टरेको छ । आज बिहान ११ बजे धरान –बिराटनगर चल्ने कालिका यातायातको को १ ख १८९१ नम्बरको बसले त्रिरत्न यातायात प्रालिको काउन्टर पुरै ध्वस्त बनाएको छ । को १ च ९८१० र मे १ च ३३४० नम्बरको बोलेरोमा क्षति पुर्याएको स्थानीयले जनाए । उक्त बस ब्रेक फेल भएर बस स्टैन्ड छिराएको बताइएको छ ।
ब्रेक फेल भएको गाडी मानविय क्षति हुनबाट जोगाउन दिसा मोड्दा काउन्टरमा क्षेतिपुगेको त्रिरत्न यातायात प्रालिका कर्मचारी गोविन्द गिरीले बताए । तस्विर: मनिराज भट्टराईको फेसबुकबाट