धरान/सेवक अभियानले ‘स्वास्थ्यका लागि पदयात्रा’ को १ सय १८ औं शृङ्खलाका क्रममा कोशीटप्पु क्षेत्रमा पुगेको छ ।

कोशीटप्पुको चरा अवलोकनका लागि ५० जनाको टोली त्यसतर्फ पदयात्राका लागि निस्किएको थियो । मौसम प्रतिकूलका कारण चराको अवलोकन गर्न नसकिएको अभियानका अध्यक्ष राजीव हलुवाइले जानकारी दिए । उनका अनुसार हात्ती, अर्नालगायतका जनवारको अवलोकन गरिएको थियो । अभियानले हरेक शनिबार पदयात्रा गर्दै आएको छ ।

पदयात्रापछि वराहक्षेत्र–१ स्थित चतराघाटको शवदाह स्थलको सफाइ गरेको छ । सफाइका क्रममा राष्ट्रिय सरसफाइ अभियन्ता धीरेन्द्रकुमार साह र काठमाडौं तीनकुनेका सफाइ अभियन्ता स्वेता सिंहसमेत सहभागी बनेको अभियानका सदस्य विनोद श्रेष्ठले जानकारी दिए ।

सेवक अभियानका अध्यक्ष हलुवाईले मलामी जाने क्रममा फोहोर भएको देखेपछि सफाइ गर्ने सोच आएको बताए । घाट कुरुवाहरूले सबैले फोहोर गरेर जाने तर कसैले पनि सफाइ नर्गने गरेको तर, सेवक अभियानको कार्यले उत्प्रेरणा जगाएको बताएका थिए ।