धरान/ मिस पूर्वाञ्चलका प्रतिस्पर्धीहरूले मोरङको विराटचौकस्थित पूर्वाञ्चल लुब्रिकेन्ट्स प्रालि (पिएलओ) को उद्योग अवलोकन गरेका छन् ।
सह–प्रायोजकसमेत रहेको पिएलओ उद्योगको बारेमा आकाश दुलालले जानकारी गराएका थिए । उनले पिएलओले गर्ने उत्पादन प्रक्रियादेखि बजारीकरणसम्मको बारेमा जानकारी दिएका थिए । हाल देशकै एक नम्बर लुब्रिकेन्ट्स बन्न सफल भएको दुलालले बताए । उनले स्वदेशी ब्राण्डलाई नै प्रोत्साहन गरिनुपर्ने बताए ।
पिएलओका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले सुन्दरीहरूलाई उत्प्रेरणामूलक तालिम प्रदान गरेका थिए । उनले मिस पूर्वाञ्चलमा सबै स्पर्धीहरू विजेता नभए पनि आफूले तालिमका क्रममा सिकेका कुरालाई जीवनमा लागू गर्दै जानुपर्ने बताए । मिस पूर्वाञ्चलको फाइनल पुष ५ गते हुँदै छ ।