धरान/ शनिबार इटहरीमा सम्पन्न ‘एनसेल मेला–२०७६’ मा दर्शकहरूले भरपूर मनोरञ्जन लिएका छन् ।

मेलामा बालबालिकाहरूका लागि विभिन्न खेल तथा मनोरञ्जनका कार्यक्रम प्रस्तुत गरिएका छन् । मेला जनता माध्यमिक विद्यालयको फुटबल मैदानमा सम्पन्न भएको हो । मेलामा आन्तरिक पर्यटन प्रबद्र्र्धनका गर्न यस क्षेत्रका पर्यटकीय गन्तव्य र आकर्षणहरूका बारेमा जानकारी गराइएको थियो । चर्चित गायकहरू दीपक बज्राचार्य र रिदम ब्याण्ड, आशिष राना (लाउरे), कालीप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईं र कलाकार प्रियङ्का कार्कीले आफ्नो प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

मेलामा कलाकार रेमनदास श्रेष्ठ र साहना बज्राचार्यले होस्ट गरेका थिए । मेलामा ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत मोरङका दुई पोइण्ट अफ सेल्स (पिओएस)÷खुद्रा बिक्रेताहरूलाई पुरस्कार स्वरूप बाइक पनि हस्तान्तरण गरिएको छ । यस योजनाको प्लाटिनम समूह अन्तर्गत प्यासिफिक मार्केटिङ र फ्रेण्डस् कम्युनिकेशनले १–१ थान बाइक जित्न सफल भएका हुन् ।

मेलामा चर्चित कलाकार तथा साङ्गीतिक समूहको प्रस्तुतिहरू, गेम स्टलहरू, विदेशी कलाकारहरूको सुटिङ स्टार एक्ट, विभिन्न थिम गेमहरू र ओकुलस भर्चुअल जोनलगायत केही विशेष आकर्षणहरू थिए । बालबालिकाका लागि किड्स जोनमा पेण्टिङ, प्लेडो, लेगो, प्रि–गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ र एङ्ग्री बर्डलगायतका विभिन्न रमाइला गेम तथा गतिविधिहरू रहेका थिए ।

थुप्रै खेल तथा गतिविधिहरू जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नूकर प्रोमा युवाहरू भरपूर मनोरञ्जन लिइरहेका देखिन्थे । मेलामा दर्शक तथा आगन्तुकहरूले एनसेलको फोरजी र अरू प्रोडक्टहरूका थिम गेमहरूको मजा लिँदै आकर्षक पुरस्कारहरू जित्न सफल भएका थिए भने र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरूका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन र आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए । आज (सोमबार) बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदानमा मेला आयोजना हुँदै छ ।

FullSizeRender(2)