फत्तेपुर  / नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बुधबार बिराटनगरका एक युवा साइकल यात्रामा निस्किएका छन् । नेपाल भ्रमण बर्षको सफलताको कामनाका साथै सामुदायिक बिद्यालय को शिक्षा सुधारको अभियानसहित साइकल यात्रा निस्केका हुन ।
मोरङको बिराटनगर घर भै बिराट चोक बस्दै आएका २७ बर्षिय रबिन बिष्ट बुधबार बिराटनगरबाट प्रदेश न २ को अस्थायी राजधानी जनकपुरसम्मको यात्रामा निस्केका हुन। सामुदायिक बिद्यालयमा को लामो समयदेखि काम गर्दै आएका विष्ट बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालमा आबद्ध थिए ।
नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित झण्डा फराउदै निस्केका विष्ट नेपाल पर्यटकीय दृष्टिकोणले विश्वकै उत्कृष्ट देश भएकाले विश्वका पर्यटकलाई नेपाल भ्रमणमा आउन आग्रह समेत गरेका छन् ।
पर्यटनका साथै देशका सामुदायिक बिद्यालयको खस्कदो अबस्थामा सुधारको आबश्यकता रहेकाले यो साइकल यात्राले सामुदायिक विद्यालयको शिक्षा सुधारमा जनचेतना फैलाउन आफुले सक्दो सहयोग गर्नेसमेत विष्ट्ले बताए ।
उनी शुक्रबार सिरहा पुगेका छन् ।