जिरोपोइण्ट/ गायन रियालिटी शो दि भ्वाइस अफ नेपाल सिजन २ को फाइनलिष्ट विकास लिम्बूलाई धरानको युएन नवोदय कलेज र हाम्रो धरान तुम्बापो समाजले सम्मान गरेको छ ।
सोमबार कलेजमा विशेष कार्यक्रम आयोजना गरी लिम्बूलाई सम्मान–पत्र र दोसल्लाले सम्मान गरियो । सम्मान कार्यक्रममा युएन नवोदय कलेजका अध्यक्ष ज्ञानेश्वर झा, कलेजको प्लसटु तर्फका प्रधानाध्यापक डम्बरकुमार तुम्बापो, तुम्बापो समाजका खड्गबहादुर तुम्बापो, कुवेरलाल तुम्बापो, पदम तुम्बापो, युनिभर्सल पिस फेडेरेसनका सुनसरी जिल्ला संयोजक राम लिम्बूलगायतले सम्मान गरेका थिए ।
सम्मानपछि गायक लिम्बूले एउटा गीत गाएका थिए । साथमा कलेजमा अध्ययनरत विद्यार्थीहरूले पनि नृत्य र गायन प्रस्तुत गरेका थिए । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक डम्बरकुमार तुम्बापोले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।