जिरोपोइन्ट  /  भेडेटार फुड फेस्टिभलमा यहि पुस १५ गतेदेखी १७ गतेसम्म प्रदेश १ स्तरीय फोटो प्रदर्शनी हुने भएको छ ।
नेपाल फोटो पत्रकार महासघ सुनसरीको आयोजनामा हुने उक्त फोटो प्रदर्शनीमा प्रदेश नम्बर १ को करीब १ सय पर्यटकीय गन्तव्यको परिचयसहितको फोटो राखिने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
उक्त प्रदर्शनीमा राखिएका फोटोहरुलाई तत्काल नै बिक्रि समेत गरिने नेपाल फोटो पत्रकार महासघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले जानकाकरी दिएका छन् ।
नेपाल फोटो पत्रकार महासघका  केन्द्रीय सदस्य उपेन्द्र चाम्लिड्ःकाे उपस्थितिमा भएकाे पत्रकार सम्मेलनमा समग्र फोटो पत्रकारहरूलाई एउटा छाता संगठनमा ल्याई व्यावसायिक बनाउनु उक्त फोटो प्रदर्शनीको उद्देश्य रहेको समेत बताइएको छ ।
यसका साथै प्रदेश नम्बर १ को पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरी नेपाल सरकारको भ्रमण वर्ष २०२० को अभियानमा समेत उक्त प्रदर्शनीले साथ दिन बताइएको छ । भेडेटारमा हुने फोटो प्रदर्शनी पछि धरानमा यहि पुस २० गते मनाइने धरान डे मा दोस्रो चरणमा फोटो प्रदर्शनी गरीने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।
सल्लाहकार समिति गठन
नेपाल फोटो पत्रकार महासघ सुनसरीले ७ जनाको सल्लाहकार समिति गठन गरेको छ । समितिमा पर्यटन विकास समितिका सहसंयोजक किशोर थुलुङ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, नेपाल पत्रकार महासंघका पूर्व पूवाञ्चल संयोजक किशोरकुमार कार्की, प्रेस संगठनका केन्द्रीय सदस्य देबेन्द्र कार्की, प्रदेश सदस्य जनकऋषि राई, नागरिक दैनिकका पत्रकार रोहित राई, फोटो पत्रकार यात्रा थुलुङ रहेका छन् ।