विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन् (प्याब्सन) का केन्द्रीय अध्यक्ष टिकाराम पुरीले निजी विद्यालयलाई परिमार्जन गरि संस्थागत तरिकाले संचालन गरिनुपर्ने बताएका छन् ।

प्याब्सन विराटनगरको शनिबार भएको प्रथम साधरण सभाको उद्घाटन शत्रमा बोल्दै प्याब्सन अध्यक्ष पुरीले पूजीको विकास गरि निजी विद्यालयहरू परिमार्जित गरि संस्थागत तरिकाले चलाउनुपर्ने बताएका हुन् ।

उनले विद्यालयलाई व्यवस्थित गरि भाडाको रुपमा संचालन भएका भए पनि त्यसलाई सफा र आकर्षक तरिकाले संचालन गरिनुपर्नेमा जोड दिए । ‘अहिले पनि विद्यालयहरू परम्परागत ढंगले चलेको छ,’ उनले भने, ‘विद्यालयको एकाउन्ट क्लोज गर्ने बेलामा दिनभरी संकलन भएको पैसाँ गोजीमा हालेर घर लिएर जाने प्रचलन छ । तलब खाने बेलामा फेरी घरबाट पैसा लिएर आयोँ ।

अब यो दोकाने पाराले विद्यालय चलाउनु हुदैन ।’ शिक्षालाई परिर्माजित गरेर शिप र संस्कारसहितको शिक्षा आजको आवश्यता भएको अध्यक्ष पुरीले बताए । ‘शिक्षालाई शिप र प्रविधिसँग जोडेर अगाडी बढाउनुको विकल्प छैन,’ अध्यक्ष पुरीले भने ।

केन्द्रीय प्याब्सनले शिक्षालाई शिवसँग जोडेर लैजाने विषयमा अगाडी बढीसकेको जानकारी दिए । काठमाण्डौमा चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विधुवानहरुलाई ल्याएर शिक्षालाई शिपसँग जोडेर अगाडी बढने विषयमा राष्ट्रिय स्तरको सेमिनरको तयारी गरेको उनले जानकारी दिए । प्याब्सनमा अराजकहरुको भीड बढाउने पक्षमा नरहेको भन्दै अध्यक्ष पुरीले प्याब्सनलाई बैद्धिक, स्मार्ट र नमुना प्याब्सन बनाएर अगाडी बढने बताए ।

प्याब्सनको निर्देशन नमान्ने प्याब्सन आवद्ध विद्यालय तथा जिल्ला प्याब्सनलाई पनि कारवाही  गरेर अगाडी बढने अध्यक्ष पुरीको भनाई थियो । उनले निजी विद्यालय मैत्री ऐन, नियम बनाउन प्याब्सन सधैभरी लागि पर्ने  बताए ।

कार्यक्रममा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले प्याब्सनलाई राजनैतिक तरिकाले नभएर व्यवसायिक रुपमा संचालन गरिनुपर्ने बताए । यस्तै विराटनगर महानगरपालिका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले महानगरपाकिाले शिक्षा ऐन बनाउने क्रममा रहेकोले बताए ।

उनले सबैको साथ, सहयोग र सुझाब संकलन गरि शिक्षा ऐन बनाउने जानकारी दिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिब राजेश कुमार दास, सदस्य बासुदेव न्यौपाने, सल्लाकार डा. उद्धब पोखरेल, प्याब्सन जिल्ला अध्यक्ष  अर्जुन बस्नेतलगायले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयले ठूलो योगदान पुर्याएको बताए ।

कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले बौद्धिक, स्मार्ट र नमूना विद्यालय बनाउन प्याब्सन नगर लागि परेको बताए  । प्याब्सन विराटनगरगरमा महानगर क्षेत्रका ७० विद्यालय आवद्ध रहेको प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए । नगर प्याब्सन विराटनगरमा नेतृत्व आएपछि अहिले विद्यार्थीहरुको चौतर्फी विकास र विद्यार्थीहरुको क्षमता अभिवृद्धी गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।