धरान/ गायिका अञ्जु पन्त र शान भुसालको स्वरमा सजिएको गीत ‘तिमीमै हराएँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भुसालकै शब्द र सङ्गीत रहेको गीतको एरेञ्ज सनिरले गरेका हुन् । भिडियोको छायाङ्कन मुस्ताङमा गरिएको छ ।

निशान घिमिरेको निर्देशनमा बनेको गीतको कोरियोग्राफी प्रमोदकुमार भण्डारीले गरेका छन् । भिडियोमा श्रीस्ती खड्का र महेश खड्काले अभिनय गरेका छन् भने बुद्ध थापाले छायाङ्कन गरेका छन् ।