विराटनगर /  विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले न्यूरो आइसियु ११ औं बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । न्यूरो हस्पिटले विराटनगरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरेको हो ।
पूर्वाञ्चलमै पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी ल्याएको थियो । २०६६ मा न्यूरो सर्जरी सम्बन्धी सेवा विस्तार गरेको हस्पिटलले न्यूरो आइसियू सेवा सुचारु गरेको थियो । हस्पिटलका अपरेशनल डाइरेकटर राजेश भट्टराईले पूर्वमै पहिलो पटक न्यूरो सर्जरी तथा आइसियू सेवा विस्तारमा ल्याएको यस हस्पिटलले हालसम्मा हजारौं बिरामीलाई सेवा प्रदान गरेको बताए । कार्यक्रममा वरिष्ठ न्यूरो सर्जन एवम मेडिकल डाइरेक्टर डा. यमबहादुर रोकाले प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा न्यूरो सर्जरी सेवा संचालन ल्याएपछि विरामीले सेवा लिदै आएको बताए । हस्पिटलका संस्थापक एवम वरिष्ठ न्यूरोलोजिस्ट डा. बीरेन्द्रकुमार विष्टले न्यूरो सर्जरी एवम आइसियूमा विशेष योगदान पु¥याउनु हुने वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. मंजिल श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।