सामाजिक सञ्जाल ‘टिकटक’ बाट चर्चामा आएका जुम्ल्याहा दिदी–बहिनी प्रिन्सा र प्रिज्मा खतिवडाले फिल्ममा अभिनय गरेपछि बजारमा उनीहरूको चर्चा चुलिएको छ ।
फिल्म ‘लभ डायरिज’ को हालै सार्वजनिक भएको गीतमा अभिनय गरेका प्रिन्सा र प्रिज्मा पहिलोपटक फिल्मबाट अफर आउँदा खुशी लागेको बताउँछन् । फिल्मको गीतमा कलाकार सुशील श्रेष्ठ, रुविना थापालगायतको नृत्य रहेको छ ।
उनीहरूले आफूलाई गीत मन परेर फिल्मका लागि सहमति जनाएको बताए । उनीहरूले आफूलाई दर्शकले ‘भाइरल’ भन्ने गरेकोमा भने चित्त नबुझेको बताए । उनीहरूको भनाइ छ, ‘हामी तुरुन्तै चर्चामा आएर हराएका भाइरल होइनौं, लामो समयदेखि यस क्षेत्रमा काम गरिरहेका छौं ।’