देउराली । युवा नेतृत्व समाजको समन्यनमा हिमाली माध्यमीक विद्यालका ४१ विपन्न विद्यार्थीलाई स्वटर वितरण गरेको छ ।

धरान उपमहानगरको ५ नम्बर वडामा रहको उक्त समाजले सोही वडाका विभिन्न संघ सस्था तथा व्यक्तीहरुबाट सहयोग जुटाई हस्तान्तरण गरेको हो ।

जाडो याममा न्यानो कपडा नहुँदा कठ्यांगिदै विद्यालय अउन बध्य बालबालिकालाई लक्षित गरी स्वटर प्रदान गरिएको समाजका सचिव साउन लिम्बुले बताए ।

जाडोकै कारण विपन्न परिवारका वालवालिकाहरु विद्यालय आएर अध्यायन गर्नबाट बञ्चीत नहुन भन्ने उदेश्यमा साथ गरीएको स्वटर वितरण कार्यक्रम प्रती आभार रहको विद्यालयका प्रधाना अध्यापक एम कुमार खत्रीले बताए । उनले संस्थाले सामाजमा सकरात्मक परिर्वतनकालागी संस्थाले गरेका कामहरुको प्रसंसा गदै विद्यालयमा आएर विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको मा धन्यवाद दिएका छन् ।

धरान ५ मा रहेर विभिन्न सामाजिकाम गरीरहको यस संस्थाले विगत चार वर्ष देखी यस विद्यालयका विपन्न विद्यार्थीहरलाई न्यानेकपडा वितरण गरीरहेको छ ।

वितरण कार्यक्रममा संस्थाका अध्यक्ष रमेश मगरले स्वटर वितरण गर्न आर्थिक तथा भौतीक सहयोग गर्ने प्रती धन्यवाद ज्ञापन गरेका थिए ।