मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाले गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको अनुगमन कार्यलाई तिब्रता दिइएको छ । मिक्लाजुङ गाउँपालिका सामाजिक विकाश समितिले एक अनुगमन टोली बनाएर गत सोमबारबाट अनुगमन थालेको हो । मिक्लाजुङ गाउँपालिकामा १–९ नं. वडा सम्ममा कुल ३८ वटा विद्यालयहरु रहेको र सबै विद्यालयकहरुको अनुगमन गरिने नि. प्रमुख प्रशासकिय अधिकृत ताथा मिक्लाजुङ गाउँपालिक शिक्षा अधिकृत काशीनाथ खनालले बताए ।
अनुगमनको क्रममा मिक्लाजुङ क्षेत्रका विद्यालयहरुमा राम्रा पक्षको रुपमा विद्यालयमा बाहिर फुलबारी, भित्र बुककर्नर सहित सिकाइ सामग्रीयुक्त कक्षा कोठा र दिवा खाजाको व्यवस्था रहेको पाइएको शिक्षा अधिकृत खनालले बताए । मिक्लाजुङ गाउँपालिकाले गत आ.ब. देखीनैै बाल कक्षा देखी कक्षा देखी कक्षा २ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ । विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएपछी साना कक्षाका विद्यार्थीरुको विद्यालय आउने क्रममा नियमितता साथै विद्यार्थी संख्यामा समेत वृद्धी भएको टाँडी मा.वि.का प्रधानाध्यपक अमृत राईले बताए ।
अनुगमनको क्रममा कतिपय विद्यालयहरुले आफ्नै तवरले खाजा खुवाउनका लागि बैकल्पीक उपयहरु समेत अपनाउन थालेको पाईएको छ । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको पहाडी क्षेत्रमा रहेको कालिदह आधारभूत विद्यालयका प्र.अ.,शिक्षक र वि.व्य.स. को पहलमा विद्यालय कम्पाउण्डमा सुन्दर फुलबारीसँगै करेसा वारीमा लगाइएका सागसब्जी लगाइएको छ , छिमेकमा अभिभावकको बारीमा विद्यालयले रोपेका आलु तथा अन्य मसलाजन्य बस्तु विद्यालयले दिवा खाजा बनाउन प्रयोग गर्ने गरेको छ । यसका अतिरिक्त विद्यालयले आफ्नो खाली जमिनमा ४ सय सुपाडीका विरूवा लगाएर भविष्यमा समेत सुनिश्चित गरेको छ ।
यस्तै गरी वडा नं. ६ को सूर्यमुखी आ.वि.ले रू २ लाखको अक्षय कोष खडा गरी कक्षा ५ सम्मका सबै वालवालिका लाइ दिवा खजा व्यवस्था गर्दै आएको छ । अन्य धेरै विद्यालयहरूले शिक्षकबाट मासिक केही रकम उठाएर कक्षा ५ सम्मका बालवालिका लाइ दिवा खाजाको व्यवस्था गर्दै आएको पाइएको छ ।
अनुगमनको क्रममा विद्यालयको भौतिक÷व्यवस्थापकिय अवस्था, कक्षा कोठा भित्रको शिकाई वातावरण व्यवस्था, शिक्षक र विद्यार्थीको नियमितता र विद्यालयका अवसर र चुनौतीहरुको बारेमा छलफल भएको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले बताइन । अनुगमन टोलीमा भौतिक पुर्वाधार संयोजक बुद्धीमान लिम्बु, सामाजिक विकाश संयोजक बुद्धीलाल निरौला , सम्बन्धीत वडाका वडाध्यक्ष र मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई सहितको टोलीले विद्यालयहरुको अनुगमन गरेको हो । यस आर्थिक बर्षमा विद्यालयहरुको भौतिक पुर्बाधार विकासका लागि विनियोजित वजेट रु ८० लाख वाट अनुगमन पश्चात् विद्यालयका आवश्यकता यकिन गरि सहयोग गरिने पनि अनुगमनको उद्धेश्य रहेको छ ।
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
मधुमल्ला । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ९ स्थित सार्वजनिक माध्यमिक विद्यालयका एक सय ५० जना छात्र÷छात्रा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
नेपाल दर्शन कलेज तथा भूपू विद्यार्थी समाजले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेको हो । शिशु कक्षादेखि कक्षा ५ सम्मका एक सय ५० जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको कार्यक्रम संयोजक विक्रम चापागाईले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी–९ का वडा सदस्य खड्गबहादुर कार्की, नेपाल दर्शक कलेजका सञ्चालक प्रकाश कार्की, कलेजका संयोजक भूपाल काफ्ले, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङ्बुहाङ, प्रधानाध्यापक टंकप्रसाद दुलाललगायतले विद्यार्थीहरुलाई स्वीटर र टोपी लगाईदिएका थिए ।
सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई स्वीटर र टोपी वितरण गरेको नेपाल दर्शक कलेजका सञ्चालक प्रकाश कार्कीले जानकारी दिए । आगामी दिनमा पनि कलेजले सामाजिक सेवाका काम गर्ने उनले प्रतिबद्धता जाहेर गरे । जाडोको समयमा स–साना बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको नेपाल दर्शन कलेजका विद्यार्थी हेमन्त थापाले बताए ।