ब्लाष्टखबर ।  ब्लाष्टखबरकाे समचार प्रभावले  आँखाकाे ज्याेति गुमेकाे बच्चाकाे परिवारले सहयाेग पाएका छन् ।

धरान ५ खैरेनीका ३४ वर्षीय दीपेश र २० वर्षीया सपनाको गत साउनमा जन्मेकाे बच्चाले ज्योति गुमेपछि न्यून आय भएका उनिहरूले उपचारमा सहयाेकाे याचन गरेकाे समाचार ब्लाष्टखबरले सम्प्रसण गरेसंगै दीपेशकाे परिवारलाई सहयाेग जुटेकाे छ ।

ज्योति गुमेकाे बच्चाकाे उपचारका लागि धरानका जुम्लिया दाजुभाई राम कार्की र लक्ष्मण कार्कीको संयोजकत्वमा ट्विन्स क्लबले  ४२ हजार ३ सय ३५ रूपैयाँ  सहयाेग गरेका छन् । 

जुम्लिया छाेरी जन्मेका उनीहरूकाे जन्मिएकाे  ५ दिनमा एउटी छाेरीकाे मृत्यु भएकाे थियाे भने, अर्कीलाई ५८ दिनसम्म एनआइसियुमा राखेर बचाएका थिए ।

लामाे समयसम्म एनआइसियुमा राखेकाे कारण एनआइसियुको लाइटले आँखाको ज्योति गुमेको र नेपालमा उपचार सम्भव नभएकाे  तिलगङ्गा आँखा अस्पतालले बताए पछि उनीहरु समस्यामा परेका थिए ।  न्यून आय भएका दीपेशले ऋण काढेर छोरी त बचाए पनि आँखा नदेख्ने भएपछि उनी विरक्तिएका छन् । तिलगङ्गाले नानीको आँखाको ज्योति ५ प्रतिशत मात्र बाँकी रहेको र चाँडै भारतको चेन्नाइस्थित आँखा अस्पतालमा लगे ज्योति फर्कन सक्ने बताएकाे दीपेसले बताएका छन् । 

तर,त्यसका लागी २ लाख ५० हजार लाग्ने भएकाले  आफूसँग पैसा नभएकाले छोरीको आँखाको ज्योति बचाउन सहयोग गर्न उनीहरूले सबैसँग याचना गरेका छन्।

ब्लाष्टखबरले उक्त समाचार सम्प्रेसण गरेसंगै थाहा पाएका  जुम्ल्याहा दाजुभाइलगायत देशभरका जुम्ल्याहाले सहयोग गरेका हुन् । दीपेशले एनआइसी एशियाको दीपेश नेपाली सार्कीको नाममा रहेको खाता नं. इ-८८७०११३२३१५२४0१ मा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।