सिरहा । सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. २ मनहर्वा टोलमा बिशेष सुराकीको अधारमा लगाईएको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट इन्स्पेक्टर रामकुमार महतो र सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका इन्स्पेक्टर प्रमोद रायको संयुक्त टोलीले मिर्चैया नगरपालिका वडा नं.२ मनहर्वामा लगाइएको अबैध गाजा खेती नष्ट गरेको हो ।
अबैध रुपमा लुकाई छिपाई बडामा लगाईएको ३ हजार ५ सय अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका इन्स्पेक्टर प्रमोद रायले बताए ।