धरान/ इटहरीको जयमहादेव भलिबल क्लब पाँचौ पानवारी भलिबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार धरानको महेन्द्र बहुमुखी क्याम्पसको टिमलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पहिलो सेटमा २५–२२ ले पराजित गरे पनि दोस्रो सेट महेन्द्रलाई सुम्पेको थियो । तेस्रो सेटमा लयमा फर्किंदै २५–२२ ले पराजित गर्दै सेमीमा स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दी म्याच महेन्द्र बहुमुखी क्याम्पसका विवेक राई घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ पाए ।

फाइनल खेल माघ ११ गते हुनेछ । विजेताले ७५ हजार नगद र ३५ तोला चाँदीको रनिङ ट्रफी पाउनेछ भने उपविजेताले नगद ४२ हजार रुपैयाँ पाउने आयोजक सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजङ्ग रुम्दालीले बताए । उत्कृष्ट खेलाडीले नगद १० हजार र विधागत उत्कृष्टले भने नगद ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।