लक्ष्मीमार्ग । मोरङको बेलबारी स्थीत नव निर्मीत ट्राफिक प्रहरी पोष्ट बेलवारीको भवन उद्घाटन भएको छ । बुधवार उक्त भवनको उद्घाटन गर्दै प्रदेश नम्बर एकका कानुन तथा आन्तरीक मामिला मन्त्रि हिक्मत कुमार कार्कीले चाडै प्रदेश प्रहरीको गठन गर्ने बताएका छन् ।

प्रदेश सरकारले छुट्टै प्रहरीको ब्यबस्था गर्न लागेको उनले बताएका हन् । सडक सुरक्षामा प्रदेश एक सरकार अन्य प्रदेश भन्दा अब्बल भएको समेत मन्त्रि कार्कीले दावि गरेका छन् । मन्त्रि कार्कीले मोरङका दुई इलाकाहरुको स्तर बृद्धि गर्ने समेत बताए । इलाका प्रहरी कार्यालय बेलबारी तथा इलाका प्रहरी कार्यालय रंगेलीको स्तर बृद्धि गर्ने बताएका हुन् ।

उनले २४ घन्टा नै तिनै सरकारको प्रतिनिधिका रुपमा प्रहरी भए पनि उनिहरुको तलब भक्ता भने कम भएको समेत बताए । बेलबारी नगरपालिकाको १७लाख ७०हजार ९सय ४६ हजार आन्तरीक मामिला मन्त्रालयको १३ लाख ९९ हजार तथा अन्य विभिन्न संघ सस्थाको २६ लाख ४१हजार ७सय ८२ रुपैया गरि जम्मा ५८ लाख ११ हजार ७ सय ६८ लागतमा उक्त भवनको निर्माण गरीएको निर्माण उपभोक्ता समतिका अध्यक्ष प्रताप कुमार थापाले बताए । आफ्नै भवन नहुँदा भाडाको घरमा ट्राफिक भवन संचालन हुदै आएको थियो ।