आजको राशिफल श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ११ गते शनिबार, २५ जनवरी २०२० । माघ कृष्णपक्षको प्रतिपदा तिथि २३ः०८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र श्रवण २३ः४८ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५६ र सूर्यास्त ५ः३७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । पारिवारिक सुख मिल्नुका साथै लाभदायी यात्राको अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शिर तथा आखासम्बन्धी समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । सावधानी अपनाउनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य– व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभसमाचार सुन्न पाइएला । नया कार्य
व्यवसायको शुभारम्भ हुनेछ । मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रामा सरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्राको अवसर मिल्ला । कार्य क्षेत्रमा सोचेभन्दा राम्रो सफलता प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।