श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ १२ गते आइतबार, २६ जनवरी २०२० । माघ शुक्लपक्षको द्वितीया तिथि २३ः०८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र धनिष्ठा २३ः४८ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५६ र सूर्यास्त ५ः३८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा उच्चस्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य–व्यसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । माङ्गलिक कार्य आयोजना हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमणीय स्थानको भ्रमण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कर्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईको उच्चस्थान रहला । शुभसमाचारले मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।