दमक/  शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा सवार सरकारी गाडी दुर्घटनामा परेको छ। दमकनजिकै रतुवा खोला पुलमा आइतबार दिउँसो गाडी दुर्घटनामा परेको हो।

मे१झ १५२ नम्बरको नगरपालिकाको उक्त गाडी मेयर शेर्माले चलाएका थिए। विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

मेयर शर्मा सकुशल छन्। मेयरका भतिजासमेत रहेका गाडी चालक कर्ण राईका अनुसार शेर्मा औषधी किन्न दमक जाँदै गर्दा गाडी दुर्घटनामा परेको हो। गाडीमा मेयर शर्मा मात्रै थिए।
‘मेयरसाव घरबाट गाडी लिएर औषधी किन्न दमक जाँदै हुनुहुन्थ्यो,’ उनले भने, ‘१०र१५ मिनेट नहुँदै रतुवा पुलमा टिपरले हानेर भागे छ। धन्न उहाँलाई केही भएन। गाडीमा भने क्षति छ।’