श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ १३ गते सोमबार, २७ जनवरी २०२० । माघ शुक्लपक्षको तृतीया तिथि २३ः०८ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र शतभिषा, २३ः४८ (अहोरात्र) बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ कार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका कामकाज सुचारु हुनेछन् । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला मित्रबाट विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यम्खालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको काममा बढी समय दिनुपर्ला । कार्य व्यवसायमा केही समस्या आइपर्ला । मानसिक तनाव बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कर्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त हुनेछ । मन प्रसन्न रहला ।