बेलबारी / मोरङको केराबारी गाउँपालिकामा बम विष्फोटन भएको तीन दिनको अन्तरमा फेरि अर्को स्थानमा बम विष्फोटन गराएको छ । श्रृंखलावद्ध केराबारी बम विष्फोटन भएपछि सर्वसाधारणहरुमा त्रसित बनेका छन् । गाउँपालिकाको वडा नं. २ स्थित ढ्याङ्ग्रे डाँडामा रहेको एनसेलको टावरमा आईतवार साँझ बम विष्फोटन गराएको हो ।

विप्लव नेतृत्वको नेकपाले विष्फोट गराएको अनुमान गरिएको छ । बम बिस्फोट संगै टावरमा क्षति पुग्नका साथै मोवाईल सेवा अवरुद्ध बनेको छ । बम बिस्फोट पछि एक समुह नाराबाजी गर्दै हिडेको स्थानीयले बताएका छन् । बम बिस्फोट संगै मुल गेटमा बम राखेर हिडेको पाइएको छ ।

शुक्रवार मात्र केराबारी गाउँपालिकाको कार्यालयमा सोही समुहले विष्फोटन गराएको थियो । ठूलो आवाजका साथ कुकर बम बिस्फोट हुँदा गाउँपालिकाको जेनेटर, सिसीटिभी, झ्याल, स्कुटरको क्षति गरि २० लाख बराबरको भौतिक संरचनामा क्षति पुगेको गाउँपालिकाका प्रवक्ता जंगराज खवासले बताएका छन् । गाउँपालिकाको कार्यपालिकाको बैठकले शुक्रवारको घटनाको भत्र्सना गर्दै शान्ति सुरक्षालाई मजवुद बनाउने बारेमा आईतवार छलफल गरेकै साँझ एनसेल टावरमा विष्फोटन गराएको छ ।