उदयपुर / उदयपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ लालपत्ता प्रहरी चौकीबाट चेक जाँचमा खटेका प्रहरी टोलीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।
लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना ५ ख ८४७९ नम्बरको यात्रुवहाक बसमा सवार त्रिनपा–१६ निबासी २२ वर्षीय सन्तोष परियार र मोरङ हसन्दह निबासी २३ वर्षीय पुष्पराज तिम्सिनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नाईट्रोजेपाम ३४ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै लाहानबाट गाईघाट तर्फ आउँदै गरेको ना १ ज ७३४३ नम्बरको यात्रुवहाक बसमा सवार सप्तरीको खडक नगरपालिका–५ निबासी २२ बर्षीय सुन्दर मण्डल र १५ बर्षीय मोहम्बद फिरोजलाई लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक सय ८७ ट्याब्लेट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका ४ जनामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।